समाचारमंगलबार, चैत्र २७, २०६९
काँग्रेस महासमिति बैठक: बन्दसत्र शुरु
त्रिवेणीमा २७ चैत विहान ११ बजे शुरु बन्दसत्रमा पार्टी महामन्त्री प्रकाशमान सिंहले सांगठनिक र कोषाध्यक्ष चित्रलेखा यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । सिंहको प्रतिवेदनमा एमाओवादीको सर्वसत्तावादी, अलोकतान्त्रिक सोच र शैलीका कारण संविधान निर्माणमा सहमति बन्न नसकेको उल्लेख छ । पार्टी भित्रको एकतालाई बलियो बनाउदै जनस्तरको संगठन र मतदान केन्द्रसम्म पार्टीलाई बलियो बनाउनुपर्ने सिंहले उल्लेख गरे ।
महामन्त्री सिंहको आठ पेजको प्रतिवेदनमा संविधानसभा बिघटनका मुल कारण, राजनैतिक दलहरुसंग वार्ता, शान्ति प्रक्रिया, सहमतिको सरकार, आसन्न चुनाव, पार्टीको आन्तरिक संगठन, भातृसंगठन लगाएतका बिषय समेटिएका छन् ।
यस्तै अर्का महामन्त्री कृष्ण सिटौलाले विद्यान संधोशन प्रस्ताव प्रस्तुत गरेका छन् । निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिला शुरु बन्दसत्रमा १३३८ महासमिति सदस्य सहभागी छन् ।
आजै उपसभापति रामचन्द्र पौडेलले राजनैतिक प्रतिवदेन प्रस्तुत गर्ने कार्यक्रम छ । सबै प्रतिवेदन पेश भए भएपछि समुह गत छलफल हुने छ ।
विद्रोही गिरी, त्रिवेणी

