समाचारमंगलबार, चैत्र २७, २०६९
दुई देशका सेनाले सगरमाथा आरोहण गर्ने
नेपाली सेनाको मुख्यालयमा २७ चैतमा सम्पन्न एक कार्यक्रममा प्रधान सेनापति गौरवशमशेर राणाले आरोहण टोलीलाई दुबै देशका झण्डा हस्तान्तरण गरे । सगरमाथा आरोहणको हिरक महोत्सवका अवसरमा हुन लागेको आरोहण टोलीले सरसफाई अभियान पनि चलाउने भएको छ ।
नेपाली सेना र भारतीय सेनाका १२/१२ जनाले सगरमाथा चढ्न लागेका हुन । नेपाली सेनाका तर्फबाट पूर्व सगरमाथा आरोही सेनानी सुनिल सिंह राठोर र भारतीय सेनाको तर्फबाट मेजर रणवीर सिंह जमावालले टोलीको नेतृत्व गर्नेछन् ।
