थप समाचारबुधबार, चैत्र २८, २०६९
प्रहरी कार्यालयमा विष्फोट
२७ चैत राती विष्फोट हुँदा विष्फोटक पदार्थ भण्डारण कोठामा क्षति पुगेको हो । कोठासँगै जोडिएको पोखरा उद्योग बाणिज्य संघको भवनका झ्यालका केही सिसा फुटेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी केदार रिजालका अनुसार द्धन्द्धकालदेखि नै वरामद गरेका विष्फोटक पदार्थ त्यहाँ भण्डारण गरिएको थियो । भण्डारण कोठामा काम लाग्ने विष्फोटक पदार्थ पनि थिए ।
काली भञ्जन गणको सेनाको प्राविधिक टोलीका अनुसार कोठामा राखिएको डेटोनेटर र सेफ्टी फ्यूज विष्फोट भएको हो । गर्मीको समयमा हिट र प्रेसर उत्पन्न हुँदा डेटोनेटर ठुलो आवाज सहित विष्फोट हुन्छ भने त्यसले धेरै क्षति गर्दैन । टोलीले घटनास्थलको अनुसन्धान गरेको छ । मध्यरातमा विष्फोट भएपछि जिप्रका रहेको त्र गैह्रापाटन, पालिखेचोक क्षेत्रका बासिन्दा त्रसित बनेका थिए ।
माधव बराल, पोखरा
