समाचारबुधबार, चैत्र २८, २०६९
कांग्रेस संघीयता विरोधी होइनः देउवा
पत्रकार महासंघ नवलपरासीले २८ चैतमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता देउवाले कांग्रेस संघीयताको पक्षमा भएको बताए । देउवाले भने, “कांग्रेसलाई संघीयता विरोधी देखाएर ढाँटको खेती भईरहेको छ ।” उनले त्रिवेणीमा जारी बैठकपछि महासमिति सदस्यहरूले गाउँ–गाउँमा संघीयता सम्बन्धी स्पष्ट धारणा लिएर जाने बताए ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले एमाओवादीकै कारण विगतमा संविधान बन्न नसकेको दाबी गरे ।
विद्रोही गिरी, नवलपरासी
