थप समाचारबुधबार, चैत्र २८, २०६९
भक्तपुरमा बिस्केट जात्रा शुरु
नौ दिन आठ रात सञ्चालन हुने जात्रा २८ चैतमा शुरु भएको हो । जात्राको पहिलो बिहानै परम्परागत विधि अनुसार भैरबनाथको पूजा गरिएको छ । गुठी संस्थानद्वारा पूजा गरी तलेजुका मूल पुजारीलाई तरबार बुझाएपछि गुठी संस्थानको बाजासहित तलेजु नाइके नरेन्द्रप्रसाद जोशीले भैरबको रथमा खड्ग लगेर विशेष पूजा गरेपछि अपराह्नदेखि तौमढी अर्थात पाँच तले मन्दिरबाट भैरबको रथलाई तान्ने गरिन्छ ।
लिच्छवीकालदेखि नै मनाइँदै आएको बिस्केट जात्रा विक्रम संवत् अनुसार सौरमासको आधारमा बिःसीत अर्थात नागनागिन म¥यो भन्ने भावका आधारमा मनाइँदै आएको छ ।
यसवर्षको बिस्केट जात्रामा झगडा हुन नदिन र ढुङ्गा हान्न नदिन जिल्ला प्रशासन कार्यालय तथा महानगरीय प्रहरी परिषद् भक्तपुरले एकहजार तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको प्रहरी उपरीक्षक दिलीप चौधरीले जानकारी दिए ।
जात्रा सञ्चालनका लागि यसवर्ष करिब रु. २५ लाख खर्च हुने संस्थानले जानकारी दिएको छ ।
