समाचारबुधबार, चैत्र २८, २०६९

कांग्रेस उपसभापतिको प्रतिवदेन पुनर्लेखन गर्न माग

हिमालखबर

नवलपरासीको त्रिवेणीमा जारी महासमिति बैठकमा २८ चैतमा धारणा राख्ने महासमिति सदस्यहरूले प्रतिवेदन पुनर्लेखनको माग राखेको काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ्गले जानकारी दिए ।

संघीयता र शासकीय स्वरुपमा पार्टीले महासमितिमा पेश गरेको राजनैतिक प्रस्तावमा नेतृत्वले टालटुले कुरा गरेर नहुने भन्दै जनता माझ जाने आधार खोज्न समुह छलफलपछि नेताहरुले यस्तो माग गरेका हुन् । साझा पहिचान र सामथ्र्यका आधारमा संघीयता सहितको नयाँ संबिधान हुनुपर्ने अडान समुह नेताहरुले लिएको गुरुङले जानकारी दिए ।

गरिबीको रेखामुनी रहेका २५ प्रतिशत नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारको ब्यवस्थामा ध्यान दिन आग्रह गरिएको छ । शंकर पाण्डे र कृष्णा अमात्यले हिन्दु धर्मसापेक्ष राष्ट्रको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>