समाचारबुधबार, चैत्र २८, २०६९
‘राजनीतिक वातावरण बने असारमै चुनाव’
लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण नेपालले २८ चैतमा ललितपुरमा गरेको ‘आगामी निर्वाचन: अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रियामा बोल्दै यादवले यस्तो धारणा राखेका हुन । यादवले राजनीतिक दलहरूले सहमति गरेर मतदाता नामावलीको व्यवस्थापन छिटो गर्नुपर्ने बताए ।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले विवादरहित मतदाता नामावली तयार गर्न, मुलुकका सबैलाई चित्त बुझ्दो कानूनी संयन्त्र बनाउन र निर्वाचनबारे विमति राख्ने शक्तिलाई पनि परिणाममुखी सम्वादको माध्यमबाट चुनावी अभियानमा समाहित गर्नु पर्ने उल्लेख गरे ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवाली, एमाओवादी केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदी, नेकपा–माओवादी केन्द्रीय सदस्य एकराज भण्डारी, प्राध्यापक कृष्ण खनाल, संविधानविद् भीमार्जुन आचार्य, नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले आगामी निर्वाचनका चुनौतिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
मीना शर्मा, ललितपुर

