समाचारबिहीबार, चैत्र २९, २०६९
नेकपा–माओवादीलाई जनताले ठेगान लगाउँछः दाहाल

पोखरामा आयोजित पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईलगायत । तस्वीरः माधव बराल
क्रान्तिकारी पत्रकार संघ कास्कीले २९ चैतमा पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले नेकपा–माओवादीसहितका केही दललाई प्रतिक्रियावादी शक्तिले उचालेको दाबी गरे । उनले अब कसैले अवरोध गर्दैमा संविधानसभाको निर्वाचन नरोकिने बताए ।
कार्यक्रममा अध्यक्ष दाहालले देश, जनता र परिवर्तनका विरुद्ध प्रस्तुत हुनेलाई भीरबाट लड्न लागेको गाईलाई रामराम भन्न सकिने काँध थाप्न नसकिने धारणा राखे । दाहालले अव असारमा संविधानसभा निर्वाचन हुने सम्भावना नरहेको बताए ।
माधव बराल, पोखरा
