समाचारबिहीबार, चैत्र २९, २०६९
चुनावको माहोल तयार भयोः उप्रेती
काठमाडौंमा २९ चैतमा महिला, कानुन र विकास मञ्चले तयार पारेको ‘नेपालमा नागरिकताको प्रमाण पत्र प्राप्तिको अनुमानित अवस्था’ शीर्षकको प्रतिवेदन सार्वजनकि गर्दै प्रमुख आयुक्त उप्रेतीले यस्तो धारणा राखेका हुन । उनले एक महिनामा सबै काम सकेर निर्वाचनमा जानु पर्ने बताए ।
देशमा चुनावको चहल पहल सुरू भएको तथा चारै तिरबाट चुनावको मिति घोषणा गर्ने दवाव आएको पनि उनले कार्यक्रममा उल्लेख गरे । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले चितवनमा आजै आयोजित कार्यक्रममा निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।
आज सार्वजनिक गरिएको प्रतिवेदन अनुसार १६ वर्ष उमेरका ४३ हजार ४६ सय ४६ जनासंग नागरिकता छैन् ।
मीना शर्मा, काठमाण्डौ
