थप समाचारबिहीबार, चैत्र २९, २०६९
बहिरालाई लाइसेन्स दिन सर्वोच्चको आदेश
न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरिसचन्द्र लाल र सुशिला कार्कीको विशेष इजलाशले २९ चैतमा बहिरालाई अनुमति पत्र दिन आदेश दिएको हो । पूर्व बहिरा सभासद् राघववीर जोशीसहित तीन बहिरा व्यक्तिले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो । १६ फागुन २०६८ मा हिमालमा बहिरालाई लाइसेन्स शीर्षकको समाचार प्रकाशित भए लगत्तै उनीहरूले रिट दायर गरेका थिए ।
सवारी तथा यातायात ऐन २०४९ को दफा ४७ को खण्ड(ङ) मा बहिरालाई लाईसेन्स दिन नमिल्ने प्रावधान छ । सर्वोच्चको आदेशपछि उक्त ऐन संसोधन र सुधार गर्नु पर्दछ ।
मीना शर्मा, काठमाण्डौ
