थप समाचारसोमबार, बैशाख २, २०७०
सप्तरीमा आगलागीबाट २५ घर नष्ट
स्थानीय वेदनारायण यादवको घरमा रहेको विद्युत मिटर बक्सबाट निस्किएको आगो फैलिएर २५ वटा घर खरानी भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीमा तीन भैंसी र १३ वटा बाख्रासमेत जलेर मरेका छन् । आगलागीबाट सात परिवारको एक करोड रुपैयाँ भन्दा बढी मुल्यको धनमाल जलेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।
बेलुका ७ बजेबाट शुरु भएको आगलागी राति सवा १० बजे नियन्त्रणमा आउन सकेको थियो ।
बारामा सातवटा फर्निचर उद्योग खरानी
बाराको बरियापुरमा २ बैशाख बिहान आगलागी हुँदा ७ ओटा फर्निचर उद्योग जलेर नष्ट भएका छन् ।
बाराको बरियापुर गाविस–५ स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदै सँगै रहेको अन्य ६ वटा उद्योग समेत जलेर खरानी भएका छन् । आगलागीबाट एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
बिहान एक बजे आगलागी हुँदा सात ओटा फर्निचर उद्योग रहेको घर जलेर नष्ट भएको हो । आगलागीबाट स्थानीय हरेराम मण्डल, रामेश्वर शर्मा, प्रमोद शर्मा, सोनालाल ठाकुर, मुकेश कुशवाहा , श्याम शर्मा र रामबाबु शर्माको फर्निचर उद्योग जलेर नष्ट भएको हो ।
वीरगन्जबाट गएको वारुण यन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासमा साढे दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।
कमल रिमाल, विराटनगर र अली असगर, बीरगञ्ज
