थप समाचारमंगलबार, बैशाख ३, २०७०
जुम्ला जाँदै गरेको ट्रक दुर्घटनामा एकको मृत्यु
दैलेखको नाउले कटुवाल–९ गाग्रे खोला नजिक सुर्खेतबाट जुम्लातर्फ गइरहेको मालबाहक गाडी दुर्घटना हुँदा दैलेख पादुका–४ धामी गाउँका १७ वर्षीय नेत्र बुढाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य तीनजना घाइते भएका छन् ।
अप्ठ्यारो बाटोको घुम्तीमा अत्यधिक गतिले गर्दा ट्रक दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घाइतेहरुलाई उपचारका लागि सुर्खेतस्थित मध्यपश्चिम क्षेत्रीय अस्पतालतर्फ लगिएको छ ।
तिला भण्डारी, दैलेख
