समाचारबुधबार, बैशाख ४, २०७०

वर्तमान सरकारमा सबै जनआन्दोलनका दमनकर्ताः भट्टराई

हिमालखबर

तनहुँमा एमाओवादी उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ ।

४ बैशाखमा तनहुँमा आयोजित पत्रकार सम्मेलनमा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले वर्तमान गृहमन्त्री लगायत सबै जनआन्दोलनका दमनकर्ता भएको दाबी गरेका छन् । “दमनकर्ताकै कुरा गर्ने हो भने अहिले सरकारमा रहेका सबै जनआन्दोलनका दमनकर्ता हुन,” भट्टराईले भने, “वर्तमान गृहमन्त्री लगायत सबैमाथि दमनको आरोप लागेको छ ।”

जनआन्दोलनमा दमन गरेका लोकमानसिंह कार्कीलाई एमाओवादी लगायतका दलहरुले अख्तियार प्रमुखमा सिफारिस गरेको विषयलाई बचाउ गर्दै उनले वर्तमान सरकारका सबैलाई ‘जनआन्दोलनका दमनकर्ता’ भएको आरोप लगाएका हुन् ।

त्यस्तै अन्य दलहरुले भट्टराई सरकारले गरेका नियुक्ति खारेजीको माग गरेकोमा प्रतिक्रिया दिंदै उनले आफ्नो सरकारले विधिसम्मत ढंगबाट नियुक्ति गरेको दाबी गरे । उनले चुनावलाई प्रभाव पार्नेगरी नियुक्ति भएको भन्ने आरोपलाई प्रोपोगाण्डा भएको बताए ।

भट्टराईले चुनाव बहिष्कार गर्ने पक्षलाई बढी महत्व दिइएको भन्दै विरोध गर्ने ३३ दल भनिएकाहरुको कुनै हैसियत नभएको पनि दाबी गरेका थिए ।
पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>