थप समाचारशुक्रबार, बैशाख ६, २०७०
संसारको सबैभन्दा मिठो राजीनामा
बेलायती एअरपोर्टमा कार्यरत सुरक्षाबलका कर्मचारी क्रिस होम्सले आफ्नो राजीनामा पत्र केकमा सुन्दर अक्षरले लेखेर बरिष्ठ अधिकारीहरुलाई बुझाएका छन् । त्यसमा आफ्नो परिवार र कारोबारमा समय र उर्जा समर्पित गर्न चाहेको उल्लेख छ ।
उनको राजीनामाको तस्बीर ट्वीटर र फेसबुकमा पनि निकै चर्चित भएको छ ।
क्रिस होम्स बेलायती सुरक्षा बल ‘बोर्डर फोर्स’ मा काम गर्छन् । पछिल्लो चार वर्षदेखि उनी हवाई अड्डाको अध्यागमन विभागमा तैनात थिए ।
शुभकामना सहित विदाई
होम्सले राजीनामा पत्र लेखिएको केक १५ अप्रिलमा आफ्नो ३१ औं जन्मदिनका अवसरमा पेश गरेका थिए ।
राजीनामाको यो तरिका उनका वरिष्ठ अधिकारीहरुलाई पनि रुचिपूर्ण लागेको छ । बोर्डर फोर्सले भनेको छ, “होम्सलाई शुभकामनाहरु सहित उनको जिम्मेदारीबाट मुक्त गरिएको छ ।”
स्ट्याण्स्डमा बोर्डर फोर्सका सहायक निर्देशक बिल फर्मले भनेका छन्, “क्रिसले केकका साथमा एउटा अर्को औपचारिक पत्र पनि दिएका छन् । उनी हाम्रो शुभकामनासहित बाहिरिएका छन् र हामी उनको समृद्ध भविष्यको कामना गर्दछौं ।”
आफ्नो राजीनामाको तरिका मन पराइएकोमा क्रिस होम्स पनि खुशी छन् ।
बीबीसी
