थप समाचारशनिबार, बैशाख ७, २०७०

चितवनमा फेरि बर्डफ्लु, साढे १४ हजार कुखुरा नष्ट

हिमालखबर

चितवनका पोल्टि्र र्फमहरुमा बर्डफ्लुको संक्रमण फेला परेपछि ७ बैशाखमा साढे १४ हजार कुखुरा नष्ट गरिएको छ । अझै करिब ४० हजार सङ्क्रमित कुखुरा नष्ट गर्न बाँकी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिए ।

६ बैशाख रातिदेखि आज बिहानसम्म एक दर्जन प्राविधिक टोलीले सङ्क्रमित क्षेत्रमा कुखुरा नष्ट गरिरहेका छन् ।

गोनद्राङ्गको लक्ष्मी रानाको पोल्ट्री फार्ममा मात्रै ११ हजार दुइ सय ८९ कुखुरा नष्ट गरिसकिएको छ । बेलुका ४ बजेपछि पुनः नष्ट गर्ने क्रम सुरु हुने पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

भरतपुर-९ गोन्द्राङ्गस्थित रानाको फार्ममा करिब ५२ हजार कुखुरा पालिएको सञ्चालकले बताएका छन् ।

यस्तै, पश्चिम चितवनको मंगलपुरमा रहेको राजेन्द्र हमालको पोल्ट्री फार्ममा रहेको तीन हजार दुइ सय कुखुरा भने नष्ट गरी सरसफाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी दवाडीले जानकारी दिए ।

मङ्गलपुरको फार्मबाट दुइ सय ६० केजी दाना र दुइ सय ४० वटा अण्डासमेत नष्ट गरिएको छ ।

चितवनका दुइवटा कुखुरा फार्ममा एकै पटक बर्डफ्लु भेटिएपछि उच्च र्सतकताका साथ नष्ट गर्ने क्रम चलिरहेको चितवनका वरिष्ठ पशु चिकित्सक बोधनाथ अधिकारीले जानकारी दिए ।

यसअघि चितवनको गौरीगञ्जस्थित मिलन पोल्ट्री फार्ममा बर्ड्फ्लु भेटिएको थियो । सो फार्मबाट गोन्द्राङ्गको कुखुरा फार्म केही किलोमिटर मात्रै टाढा छ । गोन्द्राङ्गमा २६ चैतबाट कुखुरा मर्न थालेपछि नमुना परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको थियो ।

कुखुराको राजधानी मानिएको चितवनमा शृङ्खलाबद्ध रुपमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि व्यवसायीहरु चिन्तित भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>