थप समाचारमंगलबार, बैशाख १०, २०७०

कार्यालय समयमा तास खेल्ने आठ पक्राउ

हिमालखबर

खोटाङ सदरमुकाम दिक्तेलमा जिल्ला प्रशासन कार्यालय नजिक सुवास होटलमा १० बैशाख दिउँसो तास खेलिरहेका अवस्थामा बतासे गाविसका सचिव राजन खतिवडा, राखाबङ्देल गाविसका सचिव रमेश पोखरेल, महादेवस्थान गाविसका सचिव रामराज पोखरेल, बाकाचोल गाविसका सचिव यादवप्रसाद धमला र जिल्ला हुलाक कार्यालयका सहायक कम्प्युटर अप्रेटर राजेश शाक्य र शीतला मावि खाल्लेका शिक्षक महाप्रसाद आचार्य, दिक्तेल–४ का शिवप्रसाद आचार्य र घरधनी सुवास आचार्य पक्राउ परेका हुन् ।

तासको खालबाट रु १२ हजार ९४४ र आठ वटा मोबाइल टेलिफोन बरामद गरिएको छ । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायब निरीक्षक महेन्द्र खत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>