समाचारमंगलबार, बैशाख १०, २०७०

दुई हप्तामा निर्वाचन मिति घोषणाः मन्त्री मल्लिक

हिमालखबर

१० बैशाखमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग निर्वाचनमा सहभागिताका लागि आग्रह गर्न भक्तपुर पुगेको सरकारी वार्ता टोलीका सदस्य मन्त्री मल्लिकले मंसीरको पहिलो हप्ता निर्वाचन गर्ने गरी अबको दुई हप्तामा मिति घोषणा हुने बताएका छन् ।

“अब दश बाह्र दिनमा आवश्यक प्रक्रिया पूरा गर्ने र त्यसपछि निर्वाचनको मिति घोषणा हुन्छ,” मन्त्री मल्लिकले दाबी गरे ।

निर्वाचनसम्बन्धी छलफलका लागि विजुक्छे निवास पुगेका गृहमन्त्री माधवप्रसाद घिमिरे नेतृत्वको टोलीसँग अध्यक्ष विजुक्छेले संसद र स्थानीय निकायको निर्वाचन गर्नका लागि सुझाव दिएको नेमकिपाका सचिव सुनिल प्रजापतीले जानकारी दिए ।

त्यसैगरी विजुक्छेले समानुपातिक तर्फ १ प्रतिशत थ्रेस होल्ड अब्यवहारिक भएको भन्दै हटाउन माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>