समाचारबुधबार, बैशाख ११, २०७०

कार दुर्घटना हुँदा चारको मृत्यु

हिमालखबर

काठमाण्डौबाट गुल्मीको ईस्मा जाँदै गरेको बा७च ३३१८ नम्बरको टाटाकार १० वैशाखमा पाल्पाको खस्यौली–३, सिरुखर्क नजिक दुर्घटना हुँदा पूर्व उर्जा मन्त्री गोकर्ण बिष्टका आफन्तको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोहोली–३ की लता विष्ट(३५), हस्तीचौर–७ का ज्ञानवहादुर जिसी(३५), जिसीकी छोरी आस्था जिसी(१०) र इश्मा–३ का रामवहादुर जिसी(४८) छन् । लता र आस्थाको घटनास्थलमै र ज्ञानवहादुर र रामवहादुरको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
घाईते हुनेमा सिद्धान्त विष्ट, आदर्श जिसी, उमा जिसी र गाडी चालक रामेछापका ज्ञानेन्द्र श्रेष्ठ छन् । सडकमा रहेको पाडोलाई बचाउन खोज्दा पाडो र गाडी भिरबाट तल खसेको थियो ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>