समाचारबुधबार, बैशाख ११, २०७०
हामी सुतेका छैनौं: मन्त्री पौडेल
गृह जिल्ला रामेछापबाट १० बैशाखमा काठमाडौँ फर्कने क्रममा दोलखामा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मन्त्री पौडेलले निर्वाचनको मिति तोक्नु ठूलो कुरा नभएको तर, निर्वाचनलाई सहजरुपमा सम्पन्न गर्ने बातावरण बनाउनु महत्वपूर्ण भएको बताएका छन् ।
मन्त्री पौडेलले भने, “हामी सुतेर बसेका छैनौ, निर्वाचनको वातावरण बनाउन नै सक्रिय छौ ।” पौडेलले बैशाखभित्र निर्वाचन सम्बन्धी सबै काम पुरा हुने गरी सरकारले काम गरिरहेको र मङ्सीर सम्ममा निर्वाचन हुने दाबी गरे ।
उनले कुनै पनि राजनीतिक दलले निर्वाचन हुनुहुँदैन नभनेको दाबी गर्दै केही दलहरुले प्रकृयाप्रति मात्र असहमति राखेको बताए । पौडेलले भने, “सरकारले सबैलाई सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्ने छ ।”
पौडेलले कुनै दलले निर्वाचनमा भाग लिन्न भन्दैमा निर्वाचनको मिति तोकिने कुरा नरोकिने स्पष्ट पारे ।
निर्वाचनको वातावरण बनाउन सञ्चारकर्मीहरुले समेत सकारात्मक सहयोग गर्नु पर्ने भन्दै पौडेलले थपे, “हामी सबै एउटै ढुङ्गामा यात्रा गरिरहेका छौ, ढुङ्गा प्वाल प¥यो भने सबै डुबिन्छ । त्यसैले संविधान सभाको निर्वाचन गर्न र सबैको साझा संविधान निर्माण गर्न सबैले सहयोग गर्नुपर्छ ।”
सर्मिला बुढाथोकी, दोलखा
