थप समाचारबुधबार, बैशाख ११, २०७०

रोल्पा प्रहरीद्वारा फरार लुटेरा पक्राउ

हिमालखबर

रोल्पा प्रहरीद्वारा ९ बैशाखमा सार्वजनिक गरिएका लुटपाट घटनाका अभियुक्तहरु । तस्बीर: हिरा घर्ती

तीन अभियोगमा पक्राउ परेका तीन जिल्लाका तीन अभियुक्तहरुमा राङकोट–१ रोल्पाका घटनाका मुख्य योजनाकार २८ वर्षीय छोटु भनिने राज कुमार दमाई, महत–८ रुकुमका ३२ वर्षीय रण बहादुर रोका र हापुर–१ दाङका ३० वर्षीय मेघ बहादुर घर्ति मगर रहेका छन ।

जिप्रका रोल्पाका प्रहरी नायव उपरीक्षक ओम बहादुर रानामगरका अनुसार अभियुक्तहरुले ११ चैत २०६९ मा राङकोट– रोल्पाका ५५ वर्षीय खर्क बहादुर बिकको घरमा रहेको नगद ९० हजार र विकका श्रीमति गौसराको दायाँ कान काटी डेढ तोला १ आना सुनका माडवारी र मुन्द्री लुटेर भागेका थिए भने विकमाथि छुरा प्रहार गरेका थिए ।

लुटेराहरुले १ थान रिभल्वर र सोको गोली थान ४ तथा १ थान कटारी चक्कु घटना स्थलमै छोडी फरार भएका थिए । अभियुक्तहरुबाट प्रहरीले रिभल्वर थान १, सोको गोली ४ राउण्ड, चक्कु थान १, लामो कटारी चक्कु थान १ तथा नगद ८ सय ९० बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रहरीका अनुसार घटनाका अन्य अभियुक्तहरु महत–२ रुकुमका ३० वर्षीय धुर सोल्टी भनिने सन्त बहादुर पुन र चुनबाङ–१ रुकुमका १८ वर्षीय सागर उपनामले चिनिने मनोज परियार अझैं सम्म फरार रहेका छन । फरार अभियुक्तहरुको खोजी भई रहेको जिप्रका रोल्पाले जनाएको छ ।

हीराबहादुर घर्तीमगर,रोल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>