समाचारबुधबार, बैशाख ११, २०७०

अहिलेकै परिस्थितिमा मिति घोषणा औचित्यहीन: मन्त्री झा

हिमालखबर

जनकपुरमा १० बैशाखमा जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री उमाकान्त झाले असन्तुष्ट पक्षसँग सफल वार्ताका साथै निर्वाचनसम्बद्ध ऐन कानूनहरु पूर्णरुपमा संशोधन नहुञ्जेलसम्म चुनाबको मिति घोषणा गर्न नसकिने बताएका छन् ।

“कानूनी प्रक्रिया पुरा नहुञ्जेलसम्म संबिधान सभा निर्वाचनको मिति सुनिश्चित गर्नुको औचित्य छैन,” जनकपुरमा विद्यापति राधाकृष्ण युवा कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री झाले भने, “अझै केही राजनीतिक दलले चुनाबमा भाग नलिने बताईरहेका छन्, उनीहरुलाई मूलधारमा ल्याउन गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली सक्रिय छ ।”

ऊर्जा तथा विज्ञान र प्रबिधि मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मन्त्री झाले छिट्टै नै सकारात्मक परिणाम बाहिर आउने विश्वास ब्यक्त गर्दै त्यसपछि निर्वाचनको तिथि बारे सरकारले निर्णय गर्ने बताए ।

झाले विद्युत प्राधिकरण शाखाहरुको ग्राहकबाठ उठाउन पर्ने बक्यौता रकम उठाएर प्राधिकरणमाथि परेको आर्थिक भार कम गर्न निर्देशन पनि दिएका थिए ।
ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>