समाचारबुधबार, बैशाख ११, २०७०

निर्वाचनको माहोल बनाउने काम दलहरुकोः मन्त्री श्रेष्ठ

हिमालखबर

शहीद स्मारक प्रकृति प्रतिष्ठानद्वारा ११ बैशाखमा थानकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रामकुमार श्रेष्ठले केही राजनीतिक दलको विरोध र फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सम्पन्न नभएका कारण असारमा निर्वाचनको मिति घोषणा गर्न सम्भव नभएको बताएका छन् ।

मन्त्री श्रेष्ठले निर्वाचनको माहोल राजनीतिक दलद्वारा नै तयार हुने हुँदा निर्वाचनको विरोध नगरी यसको तयारीमा लाग्न दलहरूलाई आग्रहसमेत गरे । उनले नागरिकताका साथ फोटोसहितको मतदाता परिचयपत्र वितरण कार्य सम्पन्न भएपछि निर्वाचनको लागि आवश्यक पहिलो वातावरण पूरा हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>