समाचारबुधबार, बैशाख ११, २०७०
मंसीरभित्र निर्वाचन नभए लोकतन्त्र सकिन्छः सिटौला
रिपोर्टर्स क्लब नेपालले ११ बैशाखमा गरेको साक्षात्कारमा कांग्रेस महामन्त्री सिटौलाले मंसीरमा निर्वाचन सम्पन्न गर्ने अन्तिम अवसर भएको बताउँदै निर्वाचन हुन नसके राजनीतिक दलहरु, प्रधानन्यायाधीश र निर्वाचन आयोगका पदाधिकारीहरूमाथिको विश्वास नै समाप्त भएर जाने बताएका छन् ।
नेता सिटौलाले अर्को चुनाव नभएसम्म संविधानसभा विघटनपछि लिक बाहिर गएको लोकतन्त्र ट्रयाकमा आउन नसक्ने बताए । उनले १५ असारसम्ममा मतदाता नामावली संकलनको काम पूरा भए मात्रै मंसीरमा निर्वाचन सुनिश्चित हुने बताए ।
चुनावी गठबन्धनको विषयमा अहिलेसम्म कुनै छलफल नभएको र कांग्रेसले लोकतान्त्रिक शक्तिको अगुवाई गर्ने सिटौलाको भनाई थियो ।
