समाचारबिहीबार, बैशाख १२, २०७०

सरकार सिण्डिकेटको छायाँमा छैनः मन्त्री मल्लिक

हिमालखबर

रिपोर्टर्स क्लब नेपालले १२ बैशाखमा राजधानी गरेको साक्षात्कारमा मन्त्री विद्याधर मल्लिकले सरकार स्वतन्त्र भएको र स्वतन्त्ररुपमै काम गर्ने भन्दै कसैको आदेशमा नचल्ने दाबी गरे । उनको संकेत चार दलीय उच्चस्तरीय राजनीतिक संयन्त्र प्रति थियो ।

मन्त्री मल्लिकले दैनिक प्रशासन सञ्चालन गर्ने काममा सरकारले कसैको पनि कुरा नसुन्ने भन्दै राजनीतिक कुरामा दलहरुका कुरा सुनेर सरकारले आफै स्वतन्त्र रुपमा उपयूक्त निर्णय लिने बताए ।

संविधानसभाको निर्वाचनसम्बन्धी विषयमा सरकारले दलहरुसँग छलफल गरेर दलीय धारणा लिने काम मात्रै गरेको उल्लेख गर्दै मन्त्री मल्लिकले सबैको कुरा सुनेर सरकारले स्वतन्त्र ढङ्गले त्यसमा ठोस निर्णय लिने बताए ।

अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्तिमा व्यावसायिक ब्यक्ति भए निरन्तरता दिने अन्यथा राजीनामा दिन आग्रह गर्ने पनि मल्लिकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>