समाचारशुक्रबार, बैशाख १३, २०७०

मन्त्रिपरिषद अध्यक्ष र आयोगका पदाधिकारिबीच छलफल

हिमालखबर

निर्वाचन सम्बन्धी बाँकी काम सकेर छिट्टै चुनावको मिति घोषणा गर्ने बारे मन्त्रिपरिषद अध्यक्ष रेग्मी र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

अध्यक्ष रेग्मीले आगामी संविधानसभा निर्वाचनका लागि संविधानसभा सदस्य बारेको अध्यादेश कसरी पारित गर्न सकिन्छ भन्ने बारेमा आयोगका पदाधिकारीहरुसंग सुझाव लिएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिए ।

भेटमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आयोगले निर्वाचनका लागि अहिलेसम्म गरेको तयारीका बारे अध्यक्ष रेग्मीलाई जानकारी गराए ।

अन्तरिम मन्त्रिपरिषद् गठन भएको डेढ महिना पुग्न लाग्दासमेत चुनावको मिति घोषणा हुन नसक्दा सरकारलाई मिति घोषणाका लागि चौतर्फी दाबब आईरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>