समाचारशुक्रबार, बैशाख १३, २०७०

८० हजार भुटानी शरणार्थी तेस्रो देशमा पुनःस्थापित

हिमालखबर

अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड, न्युजल्यान्ड, नर्वे र बेलायतमा गरी हालसम्म ७८ हजार ५१९ भुटानी शरणार्थी पुनःस्थापन गरिएको शरणार्थीसम्बन्धी राष्ट्र सङ्घीय उच्चायोग र अन्तर्राष्ट्रिय आप्रवासीसम्बन्धी सङ्गठनले जनाएको छ ।

तीमध्ये सबैभन्दा बढी अमेरिकामा ६६ हजार २४३, अष्ट्रेलियामा चार हजार १९१, क्यानडामा पाँच हजार ३७६, डेनमार्कमा ७४९, नेदरल्यान्डमा ३२६, न्युजिल्यान्डमा ७४७, नर्वेमा ५४६ र बेलायतमा ३५० रहेका छन् ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले भुटानी शरणार्थीलाई पुनःस्थापन गर्न आफ्नो देशले सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे ।

शरणार्थीसम्बन्धी राष्ट्र सङ्घीय उच्चायोगका नेपाल प्रतिनिधि डाइने गुडम्यान र अन्तर्राष्ट्रिय आप्रवासीसम्बन्धी सङ्गठनका बुसाटी मायुरिजियोले एकलाख भुटानी शरणार्थीलाई तेस्रो देश पुनःस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म करिब ८० हजार पुनःस्थापन गरिएको र आगामी दिन यो कार्य जारी रहने जानकारी दिए ।

कतिपय शरणार्थीहरु शक्ति राष्ट्रहरुले आफूहरुलाई तेस्रो देशमा पुनःस्थापन गराउनुको साटो मातृभूमी भूटान नै फर्कन वातावरण बनाउनु पर्ने माग गर्दै आएका छन् ।

निरंकुश राजतन्त्र रहेको भूटानी सरकारले सन् १९९० देखि नेपाली मुलका भूटानी नागरिकहरुमाथि ब्यापक अत्याचार गर्दै विस्थापित हुन वाध्य बनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>