समाचारशुक्रबार, बैशाख १३, २०७०
अपहरित ब्यापारीको सकुशल उद्दार

अपहरित ब्यापारीलाई मुक्त गराएको बारे जानकारी दिन १३ बेशाखमा राजधानीमा प्रहरीले गरेको पत्रकार सम्मेलन।
अपहरणमा परेका निर्माण सामाग्री ब्यापारी राजेशकुमार अग्रवाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले १२ बैशाखमा कीर्तिपुरस्थित निर्माणाधिन घरमा बन्धक बनाइरहेको अवस्थामा मुक्त गराएको छ ।
महानगरीय प्रहरीले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार अपहरणमा संलग्न मोहम्मद नसिरुद्धिन र जमिरुल्लाह मनिहार पक्राउ परेका छन् भने अपहरणमा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ ।
ब्यापारी अग्रवाललाई कलंकीको बाबा पेट्रोल पम्प नजिकबाट एक युवतीले जरुरी काम भएको बाहना बनाएर कीर्तिपुरस्थित निर्माणाधिन घरमा लगी अन्य अपहरणकारीको जिम्मा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अपहरणकारीले परिवारसँग दुई करोड रुपैयाँ फिरौती मागे पनि फिरौती बुझाउनु अघि नै अग्रवाललाई मुक्त गराएको महाशाखाका प्रमुख विजयलाल कायस्थले जनकारी दिए ।
अपहरणकारीले अग्रवालसँग भएको हिमालयन बैंकको चेकमा दस्तखत गर्न लगाई ६० हजार रुपैयाँ निकाल्ने प्रयास गरे पनि सफल नभएको प्रहरीले जनाएको छ ।
