थप समाचारशनिबार, बैशाख १४, २०७०

अखिलेश यादवले हार्वाडको लेक्चर बहिस्कार गरे

हिमालखबर

उत्तर प्रदेशका मूख्यमन्त्री अखिलेश यादव (दायाँ) र मन्त्री आजम खान ।

भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार अखिलेश यादवसँग अमेरिका गएका प्रतिनिधिमण्डलका कुनै पनि नेताले विश्वविद्यालयको कुनै कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् ।

यद्यपी अखिलेश यादवको ठाउँमा प्रदेशका मुख्य सचिव जावेद उस्मानीले ब्याख्यान दिने भएका छन् ।

कुम्भका बारेमा ब्याख्यान
अमेरिकाको बोस्टनस्थित हार्वर्ड विजनेस स्कुलले कुम्भ मेलाको कुशल आयोजनका बारेमा ब्याख्यान दिनका लागि समाजवादी पार्टीका युवा नेता एवम् उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवसहितको टोलीलाई निमन्त्रणा गरेको थियो । अखिलेशसँगै शहरी विकास मन्त्री आजम खान पनि अमेरिका गएका छन् ।

बोस्टन एअरपोर्टमा ब्रिटिश एअरवेजको विमानबाट ओर्लिएपछि आजम खानलाई बेग्लै कोठामा लगेर सुरक्षा अधिकारीहरुले १० मिनेटसम्म सोधपुछ गरेको र उनका सम्पूर्ण सामानहरुको कडाइका साथ जाँच गरिएको खानले बताएका छन् । त्यसक्रममा अमेरिकी सुरक्षाकर्मीहरुले दुब्र्यवहार समेत गरेको खानको दाबी छ ।

कुम्भ मेलाका बारेमा प्रस्तुती दिनका लागि निकै तयारीका साथ पुगेका अखिलेश यादवले आफ्ना मन्त्रिमाथि दुब्र्यवहार भएको भन्दै कार्यक्रम नै रद्द गरेका छन् । यसअघि उनको ब्याख्यानले अमेरिकी लगानीकर्ताहरुलाई उत्तरप्रदेशमा लगानीका लागि प्रोत्साहित गर्ने समेत अपेक्षा गरिएको थियो ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>