समाचारशनिबार, बैशाख १४, २०७०

निर्वाचन सम्पन्न गर्न सबै दलको सहयोग जरुरीः रेग्मी

हिमालखबर

तस्बीर: रासस

रत्नराज्य उमाविको वार्षिकोत्सव समारोहलाई १४ बैशाखमा सम्बोधन गर्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै दलहरुले सहयोग गर्न आग्रह गरेका छन् ।

“आगामी निर्वाचनमा सबै वर्ग, जाति, भौगोलिक क्षेत्र, धर्म, लिङ्ग र संस्कृतिको प्रतिनिधित्व गरी नयाँ संविधान निर्माण गर्ने कार्यलाई सार्थक तुल्याउनु रहेको छ,” रेग्मीले भने । उनले राजनीतिक स्थायित्व नहुँदा मुलुकले घोषित लक्ष्य हासिल गर्न नसकेको भन्दै अहिले अत्यन्त तरल राजनीतिक सङ्क्रमणकालमा रहेको मुलुकलाई निकास दिई स्थायित्व कायम गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

अध्यक्ष रेग्मीले देशको सामाजिक तथा आर्थिक विकासमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई समयसापेक्ष आधुनिकीकरण गरी गुणस्तरीयतामा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा सहभागी प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी संविधानसभाको निर्वाचन निष्पक्ष, भयरहित र उत्कृष्ट ढङ्गबाट सम्पन्न गरी देशलाई स्थायित्व दिन आयोग प्रतिबद्ध रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>