समाचारशनिबार, बैशाख १४, २०७०

राजनीतिक दल दर्ता खुल्यो

हिमालखबर

बसेको निर्वाचन आयोग पदाधिकारीको १३ बैशाखमा बैठकले संविधानसभाको आगामी निर्वाचनलाई ध्यानमा राखि १५ वैशाखबाट राजनीतिक दल दर्ता खुला गर्ने निर्णय गरेको छ ।

आगामी निर्वाचनमा भाग लिन चाहने सबै दलहरु निर्वाचन आयोगमा दर्ता हुनुपर्ने छ । यसअघि दर्ता भएका दलहरु पनि फेरि दर्ता गराउनु पर्ने ब्यवस्था रहेको आयोगले जनाएको छ । यसअघि संविधानसभामा प्रतिनिधित्व गरिसकेका दलहरु बाहेक अन्य दलहरुले भने दर्ताका लागि निवेदनसँगै १० हजार नागरिकको हस्ताक्षर समेत बुझाउनु पर्ने छ ।

१३ बैशाखमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफल लगत्तै बसेको आयोग बैठकले निर्वाचनका लागि दल दर्ता खुला गर्ने निर्णय गरेको हो ।

आयोगले कार्तिक मसान्त वा मंसीरको शुरुमा निर्वाचन सम्पन्न गर्ने गरी काम थालेको प्रमुख आयुक्त उप्रेतीले बताएका छन् । मतदाता नामावली संकलन, नागरिकता वितरणको काम भइरहेको भन्दै उप्रेतीले दल दर्ता शुरु भएपछि पूर्ण रुपमा निर्वाचनको माहोल बन्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>