समाचारशनिबार, बैशाख १४, २०७०

राजमार्ग बन्द रोक्न थप कडा नीति ल्याउनेः मन्त्री पन्त

हिमालखबर

यातायात व्यवसायीहरुले आफ्ना यातायातका साधन निर्वाधरुपमा गुड्न समस्या पर्दै गएको र खासगरी दुर्घटनापछि चालक र सवारीसाधनमाथि आक्रमण बढ्दै गएको भन्दै त्यस्तो प्रवृत्ति रोक्न सरकारलाई पटकपटक माग राखेपछि त्यसलाई सम्बोधन गर्न नयाँ नीति ल्याउन लागिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री छवीलाल पन्तले नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको आठौँ वार्षिक साधारणसभाको १४ बैशाखमा उद्घाटन गर्दै भने, “यातायात व्यवसायीहरु निश्चिन्त हुनुहोस् तपाईंहरूको सम्पत्तिको सुरक्षा सरकारले गर्दछ ।”

हाल यातायात क्षेत्रमा करिब रु ६५ अर्ब लगानी रहेको जनाइएको छ । नौ हजार २०० किलोमिटर कच्ची सडक र ६ हजार ३०४ किमि कालोपत्रे सडकमा हाल करिब नौ लाख २४ हजार सवारीसाधन सञ्चालनमा आइरहेको यातायात व्यवस्था विभागको तथ्याङ्क रहेको छ ।

दुई वर्षअघि प्रतिकिलोमिटर ४० सवारीसाधन रहेकामा हाल ५४ पुगिसकेको छ । ती सवारीसाधनमध्ये ४० हजार ट्रक रहेका छन् ।

मन्त्री पन्तले राजमार्गलाई सुरक्षा प्रदान गर्न सरकारले उच्च प्राथमिकता दिएको चर्चा गर्दै यातायातका पार्किङ समस्या छिट्टै समाधान हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>