समाचारआइतबार, बैशाख १५, २०७०
सामूहिक बलत्कारका ६ अभियुक्त पक्राउ
१३ चैतमा काभ्रेको मेथिनकोटकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुर, धुलिखेल र काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेथिनकोट–८ का ५४ बर्षे शंखमान मोक्तान, १८ बर्षे राम बहादुर स्याङतान तामा¨, मेथिनकोट– ९ का २५ बर्षे बिशाल भनिने पञ्चबहादुर स्याङतान तामाङ, शिखरआम्बोटे– ८ का २२ बर्षे कुमार बि.क, २२ बर्षीय कुमार विक, सिपाली चिलाउने– ३ का २० बर्षे ट्यापे भनिने आकाश तामा¨ रहेका छन । सोही घटनामा संलग्न बनेपा ८ की ४० बर्षीय जानुकादेवी थापालाई भने प्रहरीले यसअघि नै पक्राउ गरीसकेको छ ।
पानी खाने बहनामा गत १३ चैत राति घरमा छिरेका ती हतियारधारीले एसएलसी दिएर घरमा बसेकी १६ बर्Èीया किशोरीलाई बलात्कार गरेका थिए ।
८–१० जनाको समुहले किशोरीका बाबुलाई हतियार देखाई नगद समेत लुटेका थिए । १४ चैतमा पीडित किशोरी र आफन्तले जानुकादेवी थापा मुख्य योजनाकार भएको किटानी सहित प्रहरी कार्यलय भकुण्डेवेशीमा उजुरी दिएका थिए ।
घटना भएको १ महिना पछि वैशाख ११ र १३ गते प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई डाँका, ज्यान मार्ने उद्योग र जजवजस्ती करणीको मुद्दा दायर गरिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल बहादुर घर्तीले जानकारी दिए ।
नगेन्द्र अधिकारी, काभ्रे

