समाचारआइतबार, बैशाख १५, २०७०
कुलेखानी दोस्रो एक सातामा सञ्चालन हुने
ट्रान्सफर्मर जलेर १३ दिनदेखि विद्युत् उत्पादन बन्द रहेको आयोजनामा जडान गर्न गण्डक जलविद्युत् आयोजनाबाट ट्रान्सफर्मर ल्याइएको छ ।
जडान कार्यमा २५ प्रविधिज्ञ खटिरहेको र जलेकामध्ये दुई वटा ट्रान्सफर्मर प्राधिकरणको केन्द्रीय वर्कसप हेटौँडामा ल्याएर मर्मत गराउन लागिएको कुलेखानी–२ का प्रबन्धक कृष्णप्रसाद यादवले बताए ।
“मर्मत गरेर आयोजना सञ्चालनमा ल्याउन झन्डै एक महिना लाग्ने भएकाले गण्डकको ट्रान्सफर्मर ल्याएका हौं, यादवले भने ।”
कुलेखानी दोस्रोको तीन वटै ट्रान्सफर्मर वैशाख ३ गते राति जलेपछि विद्युत् आपूर्ति ठप्प छ ।
रासस
