थप समाचारआइतबार, बैशाख १५, २०७०
आफूले रोजेकी केटी भाईलाई
दोस्रो विहेका लागि तयार भएका सर्लाही, हरिपुर– ४ का २२ वर्षीय विपिसिंह चौधरीलाई पहिलेकै श्रीमतिको उजुरीका आधारमा अदालतले दोस्रो विवाह गर्नबाट रोक लगाएपछि उनले पहिलेकै श्रीमती स्वीकारेका छन् ।
उनीसँग विवाह गर्न तय गरिएको केटीसँग भने विपिकै भाईले विवाह गर्ने सहमति भएको परिवारले जानकारी दिएको छ ।
चार वर्षअघि सर्लाहीकै जब्दी–४ सिसुवा निवासी भवानी चौधरीसँग प्रेम विवाह गरेका विपिसिंहले विदेशबाट घर फर्केपछि १६ वैशाखमा हरिपुरकै अर्कै केटीसँग विवाह गर्ने तयारी गरेपछि अदालतमा मुद्दा परेको थियो ।
