थप समाचारआइतबार, बैशाख १५, २०७०

इटालीमा इनरिको लेट्टाको नेतृत्वमा गठबन्धन सरकार

हिमालखबर

राष्ट्रपति नेपोलिटानोसँग हात मिलाउँदै नयाँ प्रधानमन्त्री लेट्टा (दायाँ)

फेब्रुअरीमा भएको चुनावमा कुनै पनि दलले बहुमत हासिल गर्न नसक्दा इटालीमा दुई महिनादेखि राजनीतिक गतिरोध कायम थियो ।

नव गठित सरकारमा पिपुल्स अफ फ्रिडम पाटीका नेता सिल्भियो बुर्लोस्कोनी आफू सामेल नभए पनि उनले आफ्नो पार्टीका प्रमुख व्यक्तिहरुलाई ठूलो पद दिन सिफारिस गरेका छन् ।

प्रधानमन्त्री लेट्टा डेमोक्रेटिक पार्टीका दोस्रो प्रमुख नेता हुन् । लेट्टाका अनुसारे उल्लेख्य संख्यामा महिला सदस्यहरु रहेको मन्त्रिमण्डलमा पूर्व इयु कमिश्नर एम्मा बोनिनो इटालीकै प्रथम महिला विदेशमन्त्री हुने छिन् ।

सन् २००८ को विश्व आर्थिक मन्दीमा युरोपिय क्षेत्रबाट सबैभन्दा बढी इटालीमा असर परेको थियो र अझै पनि स्थिति गम्भीर नै छ । यस्तो समयमा प्रधानमन्त्री बनेका लेट्टाले युरोपको आर्थिक समस्याको समाधानका लागि मितव्ययिताभन्दा पनि अर्को कुनै उपायमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

राजनीतिक विश्लेषकहरुले इटलीको मुख्य दक्षिणपन्थी र वामपन्थी पार्टीको यो गठबन्धनलाई अभूतपूर्व भन्दै यो गठबन्धन सफल हुनेमा आशंका ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>