समाचारसोमबार, बैशाख १६, २०७०

सार्वजनिक संरचना अपाङ्ग मैत्री बनाउन निर्देशिका जारी

हिमालखबर

सरकारी भवन, विद्यालय, अस्पताल, विश्वविद्यालय, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजानिक सडक, सडक पेटी, यात्रु प्रतिक्षालय, पार्किङ्स्थल, मनोरञ्जनस्थल, खेल मैदान, सम्मेलन केन्द्र सिनेमा हलजस्ता क्षेत्रलाई सार्वजनिकस्थलका रुपमा लिइएको छ ।

सर्वसाधारणलाई खुला गरिएका व्यावसायिक भवन, आवासीय भवन, होटल तथा रेस्टुरेन्ट, एटिएम बैकिङ् सेवालाई पनि सार्वजनिकस्थलका रुपमा लिइएको छ । बनिसकेका र नयाँ बन्ने ती भौतिक संरचनामा अपाङ्ग मैत्री बनाउन र्‍याम्प, ढोका, झ्याल, गायडिङ ब्लक र ब्रेल समेतको अनिवार्य व्यवस्था गरी अपाङ् भएका व्यक्तिको सहज आगमन र उपयोगका लागि पहुँचयोग्य बनाउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

साथै टेलिभिजन, रेडियोजस्ता सार्वजनिक सञ्चार तथा सूचना सेवामा समेत अपाङ्ग भएका व्यक्तिको पहुँच अनिवार्य रुपमा अभिवृद्धि गर्नुपर्ने बाध्यकारी स्थिति निर्देशिकामा रहेको छ ।

मन्त्रालयद्वारा १६ बैशाखमा सार्वजानिक निर्देशिका ६ फागुनको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो ।

नेपाल अपाङ्ग महासङ्घले उठाउँदै आएको मागलाई सम्बोधन गर्न मन्त्रालयले महासङ्घकै सहयोगमा सो निर्देशिका तयार गरी जारी गरेको हो ।

निर्देशिकामा सबै सार्वजानिक सडक अपाङ्ग भएका व्यक्तिको सहज र समान आगमनका लागि पहुँचयुक्त बनाउन सबै प्रकारका अप्ठ्याराहरुलाई हटाउनुपर्ने, नयाँ बन्ने सडक पेटी र सडक पार गर्ने ठाउँमा अपाङ्ग भएका व्यक्तिलाई स्वतन्त्र आवागमनका लागि गाइडिङ ब्लक बिछ्याउनुपर्ने र पुराना सडकमा ती ब्लक राख्नुपर्ने, सडक पार गर्न बनाइएका आकासेपुल अपाङ्ग मैत्री नभएकाले अर्काे व्यवस्था गर्नुपर्ने रहेको छ ।

सार्वजानिक शौचालय अपाङ्ग मैत्री बनाउनुपर्ने, सञ्चार प्रणालीमा पहुँच बनाउन दोभासेको व्यवस्था गर्नुपर्ने पनि निर्देशिकामा रहेका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>