समाचारसोमबार, बैशाख १६, २०७०
मतदाता नामावलीमा तेस्रो लिंगीलाई पहिचान
संविधानसभाको आगामी निर्वाचनका लागि भइरहेको मतदाता नामाबली संकलनमा तेस्रो लिंगीहरुले आफ्नो लैंगिक पहिचान ‘तेस्रो लिंगी’ नै उल्लेख गराउन पाउने भएका छन् ।
नागरिकतामा उल्लेखित पहिचानका आधारमा मतदान गर्न पाउने कानूनी व्यवस्था अनुरुप तेस्रो लिंगीहरुलाई सोही पहिचानका साथमा मताधिकार उपयोग गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता मधुप्रसाद रेग्मीले हिमालखबरलाई बताए ।
रेग्मीका अनुसार हालसम्म १७१ जनाले तेस्रो लिंगी पहिचान सहित मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
