समाचारसोमबार, बैशाख १६, २०७०

नेपाली नागरिकता लिन खोज्ने पक्राउ

हिमालखबर

पक्राउ पर्नेमा पर्सा बहुअरी पिडारी गाविस–९ का विन्दु साह र उनकी छोरी मीना कुमारी रहेका छन् ।

साहकी जेठी छोरी मीना कुमारीको गत वर्ष नै भारत पूर्वी चम्पारण कुना गाउँमा विवाह भइसकेको भए पनि उनका बुबाले अविवाहित भएको प्रमाण पेस गरेर नागरिकता लिन खोजिरहेको अवस्थामा सूचना पाएर प्रहरीले झुटो विवरण पेस गरी नागरिकता लिन खोजेको आरोपमा दुवै जनालाई पक्राउ गरेको हो ।

झुटा विवरण पेस गरेर नागरिकता लिन खोजिरहेको स्थानीयवासीको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका बाबुछोरीलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको छ ।

यसअघि १५ बैशाखमा अरु व्यक्तिलाई पिता बनाएर नेपाली नागरिकता प्राप्त गर्न खोज्ने  २० वर्षीय भारतीय युवक काजिर हवारी र उनका नक्कली बुबा बनेका पर्सा गम्हरीया–७ का इद्रिस हवारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>