थप समाचारसोमबार, बैशाख १६, २०७०

सिरियाली प्रधानमन्त्रीको हत्या प्रयास

हिमालखबर

सिरियाका प्रधानमन्त्री वायल अल हल्की । तस्बीर: एएफपी

सिरियाका प्रधानमन्त्री हल्की चढेको गाडीलाई लक्ष्य गरी बम विस्फोट भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ । प्रधानमन्त्रीको गाडीमाथि आक्रमण भए पनि उनलाई चोट लागेको छैन भने हल्कीका एक अंगरक्षक भने मारिएका छन् ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले हल्की चढेको गाडीलाई लक्ष्य गरी आक्रमण भएको र उनका एक अंगरक्षकको मृत्यु भएको उल्लेख गरेको छ । अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले हल्कीका चालक तथा अर्का एक अङ्गरक्षक गम्भीर रूपमा घाइते भएको बताएका छन् ।

पश्चिमी मजेह जिल्लामा भएको उक्त घटनास्थलमा रहेका एएफपीका फोटोग्राफरले विस्फोटमा परी निकै गाडी नष्ट भएको र एउटा बसमा आगो लागेको जानकारी दिएका छन् ।

एक सिरियाली अधिकारीले पार्क गरेर राखिएका कारको नजिकै जडान गरिएको बम विस्फोट भएको बताएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ । विस्फोट व्यस्त चौबाटोमा भएको हो ।

मजेह सैनिक विमानस्थल सहितको सरकार नियन्त्रित आवास क्षेत्र भएकाले सत्ताको प्रत्याक्रमणका लागि महत्वपूर्ण मानिन्छ । दामास्कस वरपर सिरियन सैन्यबल र विद्रोहीबीच महिनौदेखि लडाईँ चलिरहेको भए पनि कुनै पनि पक्षले आफ्नो कब्जा जमाउन भने सकेको छैन ।

गत डिसेम्बरमा सिरियाका गृहमन्त्री पनि आत्मघाती आक्रमणमा परी घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>