समाचारसोमबार, बैशाख १६, २०७०

जातीय राजनीतिप्रति राष्ट्रपतिको चिन्ता

हिमालखबर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १६ बैशाखमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामवरण यादवले नेपालका कम्युनिष्टहरुले पुष्पलालको राजनीतिक मूल्य मान्यता विपरीत जातीय राजनीति गरेर मुलुक विखण्डन गर्न खोजेको आरोप लगाएका छन् ।

राष्ट्रपति यादवले स्वर्गीय नेता पुष्पलालले वर्गीय राजनीति गरे पनि दलहरुले जातीय राजनीति गरेर मुलुकमा विखण्डन ल्याउन खोजेको भन्दै सबै दल एक भएर मुलुकलाई अघि बढाए मात्रै पुष्पलालको सम्मान हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समाजमा छरिएर रहेका स्रष्टाहरुको सम्मानका लागि पुरस्कार र सम्मानले ठुलो महत्व राख्ने बताए ।

कार्यक्रममा राजनीतिक विषयतर्फ महेश चौधरी, इतिहासतर्फ प्राध्यापक डाक्टर सुरेन्द्र केसी र साहित्य तथा संस्कृतितर्फ लोकबहादुर रानालाई जनही एक लाख रुपैया“ तथा कदर पत्रबाट सम्मान गरीएको थियो ।

नेपाल सरकारले गत आर्थिक वर्षमा स्थापना गरेको पुष्पलाल स्मृति पुरस्कारबाट यसअघि पनि विभिन्न स्रस्टाहरु सम्मानित भैसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>