समाचारसोमबार, बैशाख १६, २०७०
कार्कीलाई रोक्न जारी अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्नेः सर्वोच्च
न्ययाधीशद्वय गिरिशचन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजलासले अदालतमा कार्कीको नियुक्ति विरुद्ध परेको रिटमा सुनुवाई गर्दै संवैधानिक परिषदले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि सिफारिस नगरेको र कस्तो ब्यक्तिलाई अख्तियार प्रमुख बनाउन हुने र कस्तोलाई नहुने भन्नेमा परिषद आफैं सक्षम भएकोले त्यसमा कुनै आदेश जारी गर्नु नपर्ने फैसला सुनाएको सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए ।
सर्वोच्चले रिट निवेदनलाई ‘अपरिपक्व आधार’ मा दिइएको भन्दै त्यसमा कुनै आदेश जारी गर्नु नपर्ने बताएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीलाई रायमाझी आयोगले जनआन्दोलनमा भएका ज्यादतीमा दोषि ठहर गरेको र उनी विरुद्ध अख्तियार दुरुपयोग स्वयम्ले दायर गरेको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको भन्दै कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त नगर्न माग गदै रिट दायर गरेका थिए ।
कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त नगर्न सर्वोच्च अदालतले ९ चैतमा अन्तरिम आदेश जारी गरेको थियो ।
कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रले सिफारिस गरे पनि संवैधानिक परिषदले सिफारिस गरेको छैन भने संयन्त्रको कुनै संवैधानिक हैसियत छैन ।
