समाचारमंगलबार, बैशाख १७, २०७०

कक्षा १२ को परीक्षा देशभर शुरु

हिमालखबर

फाइल तस्बीर

१७ बैशाखबाट शुरु भएको कक्षा १२ को परीक्षामा तीन लाख ९८ हजार ११५ जना सहभागी भएको परिषद्का सदस्यसचिव भीमलाल गुरुङले जानकारी दिएका छन् ।

कुल परिक्षार्थीहरु मध्ये एक लाख ९३ हजार ३६४ छात्र र दुई लाख चार हजार ७५१ छात्रा छन् । परीक्षाका लागि देशभर ९३२ परीक्षा केन्द्र र ३० हजार ६०० जनशक्ति परिचालन गरिएको छ ।

परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले परीक्षामा अर्मयादित कार्य गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षा गार्ड, जोकोहीलाई ६ महिना कैद वा रु एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको जानकारी दिए ।

परीक्षार्थीले परीक्षा नै अवरुद्ध गर्ने जस्ता गतिविधि गरेमा दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी निलम्बन गरिने व्यवस्था गरिएको छ । परीक्षा वैशाख २९ गते सम्पन्न हुनेछ ।

नक्कली परीक्षार्थी भेटिएमा सार्वजनिक ऐनअन्तर्गत मुद्दा लगाइने भएको छ । परीक्षा अवधिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन लैजानसमेत प्रतिबन्ध गरिएको छ ।

परीक्षा शान्ति पूर्णरुपमा सम्पन्न गर्न परिषद्ले सुरक्षा निकायसँग विशेष बैठक गरी सुरक्षा व्यवस्था कडा पारिएको परिषद्का उपसचिव सन्तोषकुमार आचार्यले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>