समाचारमंगलबार, बैशाख १७, २०७०
मुलुक निर्वाचनमय भइसक्योः उप्रेती
मुलुकमा निर्वाचनको माहौल शुरु भैसकेकोले आयोग निर्वाचनको तयारीमा जुटिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्रतिबद्ध छौं भन्ने सन्देशका साथ यतिबेला आयोग गाउँगाउँमा पुगेको बताएका छन् ।
उप्रेतीले केही दिनमै सरकारले निर्वाचनको मिति घोषणा गर्ने पनि बताए । कास्की र स्याङजाका सरोकारवालासँग एक दिने अन्तरक्रियाको १७ बैशाखमा पोखरामा उद्घाटन गर्दै उप्रेतीले दिन नतोकिए पनि महिनाको रुपमा मिति तोकिइसकेकाले चुनावमा होमिन आग्रह पनि गरे ।
कार्यक्रममा आयोगका सचिव नारायणगोपाल मलेगोले १५ ठाउँमा ४४ जिल्लालाई समेटेर अन्तरक्रिया गर्न लागिएको जानकारी दिए । अन्तरक्रियामा निर्वाचनसम्बन्धी ऐन, कानुन, मतदाता शिक्षा, फोटोसहितको मतदाता नामावलीलगाएका बारेमा छलफल गरिनेछ ।
