समाचारबुधबार, बैशाख १८, २०७०

माओवादी चुनावसँग डरायो: पौडेल

हिमालखबर

नेकपा–माओवादी लगायतका दलहरुले शुरुमा स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकारको माग गरेको भन्दै कांग्रेस उपसभापति पौडेलले अहिले प्रधानन्यायाधीश जस्तो स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार गठन भएपछि भने त्यसको विरोध गर्नुले ती दलहरु चुनावमा जान डराएको दाबी गरेका छन् ।

१८ बैशाखमा सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले भने, “शुरुमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार माग गरेका थिए, अहिले स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई चुनावी सरकारको नेतृत्व सुम्पिदा विरोध गर्नु जनमतदेखि डराउनु हो ।”

उनले स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा चुनाव गर्नका लागि प्रधानन्यायाधीशलाई सरकारको जिम्मेवारी सुम्पिएको बताए । “राजनीतिक दलहरुबीच एक–अर्काको नेतृत्व अस्वीकार गर्ने अवस्था आएपछि बहालवाला प्रधानन्यायाधीशमा सहमति गरेका हौं,” पौडेलले भने, “यही सरकारले आगामी मंसीरको पहिलो साताभित्र स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्छ ।”

उनले काँग्रेसले कुनै पनि राजनीतिक दलहरुसँग कार्यगत एकता नगर्ने भन्दै थपे, “लोकतन्त्रमाथि अझैपनि प्रहार भइरहेकाले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य हुन सक्ला तर, कार्यगत एकता भने गर्दैनौं ।”

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>