समाचारबिहीबार, बैशाख १९, २०७०

मिति घोषणामा ढिलाई गर्नु हुँदैनः उप्रेती

हिमालखबर

१९ बैशाखमा बागलुङमा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन सम्बन्धी तयारी अन्तिममा पुगिसकेकाले अब सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्नु पर्ने बताएका छन् ।

उप्रेतीले असहमति टुङ्गाएर सबै दलहरु निर्वाचनमा जानुको विकल्प नभएको भन्दै लोकतन्त्रको संस्थागत विकासका लागि सबैले निर्वाचनमा भाग लिनु जरुरी रहेकोमा जोड दिए ।

“असहमति र विमति हुन सक्छन्, ती सबैलाई हल गरेर निर्वाचनमा जानुबाहेक अरु विकल्प राष्ट्रसामु छैन”, उप्रेतीले भने ।

देशको महत्वपूर्ण संवैधानिक निकाय निर्वाचन आयोगले गर्ने निर्वाचनमा विश्वास गर्न र सहभागी हुन उनले सबै दलसँग आग्रह गरे ।

निर्वाचनसम्बन्धी ऐन कानून पनि छिट्टै आउन लागेको र मुलुक पनि निर्वाचनमा होमिइसकेकाले अब मिति घोषणामा ढिलो गर्न नहुने उप्रेतीको भनाइ थियो ।

आयोगले निर्वाचन तयारीका लागि काम तीव्ररुपमा अघि बढाएको जानकारी दिँदै उप्रेतीले जेठभित्रै मतदाता नामावली सङ्कलनको काम सम्पन्न गर्ने जानकारी दिए ।

आयोगमा हालसम्म एक करोड १३ लाख फोटोसहितको मतदाता नामावली सङ्कलन भइसकेको उप्रेतीको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>