थप समाचारबिहीबार, बैशाख १९, २०७०

बहन थाल्यो ‘लू’, जनजीवन प्रभावित

हिमालखबर

नेपालगञ्जमा गर्मी बढेपछि बरफ मिसाइएको उखुको रसको विक्री बढेको छ । तस्बीर: मीना शर्मा

मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय, सुर्खेतका अनुसार बुधबारसम्म नेपालगन्जको अधिकतम तापक्रम ४०।१० डिग्री सेल्सियस रेकर्ड गरिएको छ । मौसम विज्ञका अनुसार आगामी आइतबारसम्म यहाँको अधिकतम तामक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

गर्मी महिना शुरु भए यता मध्य तथा सुदूरपश्चिमाञ्चलका तराईका जिल्लामा पानी नपर्नाले पनि यहाँका नागरिकले चर्को घाम र तातो हावाको नियति भोग्नुपरेको हो ।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको पाइन्छ ।

गर्मीका कारण घाउखटिरा, आउँमासी, विषम ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।

जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ७५ जना विभिन्न रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ ।

त्यसैगरी, गर्मीमा विद्युत्को खपत अधिक हुन थालेपछि यहाँस्थित नेपाल विद्युत् प्राधिकरणले न्यून भोल्टेजमा विद्युत् आपूर्ति गर्दा खानेपानी संस्थानको पानी वितरण प्रणाली प्रभावित भएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>