समाचारशुक्रबार, बैशाख २०, २०७०
निर्वाचन आयोग अगाडि ३३ दलको प्रदर्शन
राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अड्काउफुकाउ आदेश खारेज नहुँदासम्म दल दर्तालगायतका सम्पूर्ण निर्वाचनका कार्यक्रम स्थगित गर्नुपर्ने माग गर्दै नेकपा–माओवादी सहितका ३३ दलले निर्वाचन आयोगको कार्यालय अगाडि २० बैशाखमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले बिहान ९ देखि ११ बजेसम्म विरोध प्रदर्शन गर्दै धर्नासमेत दिएका थिए ।
आन्दोलनकारी दलहरुले मन्त्रिपरिषद् अध्यक्षको राजीनामा माग्नुका साथै चार दलीय सिन्डिकेट खारेज गर्नुपर्ने मागसमेत गरेका थिए ।
कार्यालय समयमा भएकाले दलहरुको प्रदर्शनका कारण राजधानीको सवारी आवागमनमा बाधा पुगेको थियो ।

