समाचारशुक्रबार, बैशाख २०, २०७०

भुट्टो हत्याको मुद्दा हेरिरहेका वकिलको पाकिस्तानमा हत्या

हिमालखबर

पाकिस्तानमा सरकारी वकिल चौधरी जुल्फिकारको हत्या भएको छ ।

पाकिस्तानको रावलपिण्डीमा रहेको आतङ्कवाद विरोधी अदालतमा शुक्रबारका लागि तोकिएको सुनुवाईका लागि अदालततर्फ गइरहेका बेला पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको हत्या प्रकरणको मुद्दामा सरकारका तर्फबाट वकालत गरिरहेका वकिल चौधरी जुल्फिकारको हत्या भएको छ ।

२० बैशाख विहान कार्यालय समयमा अदालततर्फ गइरहेका जुल्फिकार चढेको कारमा आक्रमण गरिएको थियो । अकस्मात गोली प्रहार गरेपछि नियन्त्रण गुमाएका उनलाई निकै पटक गोली हानेर हत्या गरिएको बताइएको छ ।

उक्त हत्याको दाबी कसैले गरेको छैन भने हत्यारका बारेमा प्रहरीले पनि केही बताइएको छैन ।

जुल्फिकारलाई यसअघि पनि मार्ने धम्की आएपछि उनलाई सरकारले सुरक्षाकर्मी उपलब्ध गराएको थियो । उक्त गोली आक्रमणमा परी उनका अङ्गरक्षक पनि घाइते भएका छन् ।

रावलपिण्डीका एकजना प्रहरी अधिकारी मोहम्मद युशुफले हत्याको पुष्टि गर्दै भने, “पहिलो गोली लागेपछि उनले कारलाई नियन्त्रणमा लिएर अस्पताल जाने प्रयास गरेको र त्यसपछि पुनः अर्काे गोली हानिएको थियो ।”

यसरी अनियन्त्रित बनेको कारले लागेर बाटोमा हिँडीरहेकी एकजना सर्वसाधारण बटुवा महिलाको पनि ज्यान गएको बताइएको छ ।

हालैमात्र पाकिस्तानका पूर्व सैनिक शासक एवम् पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई सरकारले भुट्टोको हत्यामा उनको हात रहेको भनी आरोप लाएको छ ।

यो घटनालाई पाकिस्तानमा हालैमात्र विकसित राजनीतिक घटनाका साथै व्यक्तिगत दुस्मनीका रुपमा पनि लिन सकिने पाकिस्तानका सञ्चारमाध्यमहरुले बताएका छन् ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको सन् २००७ मा हत्या भएको थियो ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>