समाचारशुक्रबार, बैशाख २०, २०७०
कार्कीलाई अख्तियारमा ल्याइँदैनः खनाल
प्रेस चौतारी दैलेखले २० बैशाखमा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष खनालले कार्कीलाई अख्तियार प्रमुख बनाउन नसकिने भन्दै त्यसबारे उच्चस्तरीय राजनीतिक समितिमा भइरहेको छलफल रोक्नको लागि प्रस्ताव गर्ने बताएका छन् ।
कार्कीलाई अख्तियार प्रमुख बनाउने बारेमा एमालेले कुनै निर्णय नगरेको दाबी गर्दै खनालले अव बस्ने चार शक्तिको बैठकमा कार्की बारे अघि बढेको छलफलमा पुनर्विचार गर्ने प्रस्ताव पेस गर्ने बताए ।
निर्वाचन जनतासँग परिचित हुने अवसर भएको भन्दै खनालले नेकपा–माओवादी लगायतका ३३ दलहरुलाई निर्वाचनको उपयोग गर्न पनि आग्रह गरेका थिए ।
