समाचारशुक्रबार, बैशाख २०, २०७०
तेल चोरेको अभियोगमा चार पक्राउ
वीरगञ्ज–१७ मा रहेको मोटर पार्टस तथा डिजल पसलका मालिक सतिसकुमार गुप्तासहित चार जनालाई २० वैशाखमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्याङ्कर चालक बारा प्रसौनीका चाँद महम्मद मिया, बेलहियाका श्यामकिशोर मण्डल र हेटौंडाका मदन पटेल छन् ।
अंचल प्रहरी कार्यालय नारायणीका प्रहरी निरीक्षक श्यामकिशोर मण्डलले चारै जनालाई ना १ ख ९२८० नम्बरको ट्यांकरबाट डिजल चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको बताए । प्रहरीले १२०० लिटर डिजल र २०० लिटर पेट्रोल बरामद गरेको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
